बफेटको बर्कशायर ह्याथवेले एप्पलको सेयर स्वामित्व आधामा झर्यो
क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी तथा लगानी गुरु वारेन बफेटको कम्पनी बर्कशायर ह्याथवेले बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलको सेयर स्वामित्व आधामा झारेको छ । बर्कशायरले शनिबार सार्वजनिक गरेको दोस्रो त्रैमासको आर्थिक प्रतिवेदनले यस्तो देखाएको हो ।
त्रैमासको अन्त्यसम्ममा बर्कशायरसँग एप्पलको ४० करोड कित्ता मात्रै सेयर थियो । अघिल्लो त्रैमासमा सेयरको सङ्ख्या ७९ करोड कित्ता थियो । अहिले कम्पनीसँग भएको एप्पलको सेयरको मूल्य ८४ अर्ब २० करोड डलर आसपास भएको बताइएको छ ।
बफेट आफूले किनेको सेयर लामो समयसम्म होल्ड गरेर राख्ने लगानीकर्ताका रूपमा चिनिन्छन् । तर पछिल्ला त्रैमासमा उनले धमाधम एप्पलको शेयर बेचिरहेका छन् ।
सन् २०२३ को अन्तिम त्रैमासमा पनि कम्पनीले एप्पलको १ करोड कित्ता शेयर बेचेको थियो । यस वर्षको पहिलो त्रैमासमा कम्पनीसँग भएको कूल सेयरको अरू १३ प्रतिशत बेच्यो । यस मामिलामा एप्पलले भने सीएनएनको जिज्ञासामा कुनै प्रतिक्रिया नदिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण