बार्सिलोनासँग हार्यो रियल म्याड्रिड, स्पेनिस स्ट्राइकर भिक्टरले गरे दुवै गोल
काठमाडौँ । स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन सुरु हुनुअघि चर्चित क्लबहरु मैत्रीपूर्ण खेलका लागि विभिन्न राष्ट्रको भ्रमणमा छन् । यसै क्रममा स्पेनिस फुटबलका दुई ‘पावर हाउस’ बार्सिलोना र रियल म्याड्रिड अहिले अमेरिका भ्रमणमा छन् ।
अमेरिका भ्रमणका क्रममा आइतबार खेलिएको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई २–१ गोलले हराएको छ । प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाको जितमा दुवै गोल २२ वर्षीय स्पेनिस स्ट्राइकर पाउ भिक्टरले गरेका थिए ।
खेल सुरु भएको ४२औँ मिनेटमा उनले टोलीका लागि पहिलो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा बार्सिलोना अगाडि रह्यो । त्यसपछि खेलको दोस्रो हाफमा दुवै टोलीले एक–एक गोल गरेका थिए ।
निर्धारित समयको ५४औँ मिनेटमा बार्सिलोनाका लागि भिक्टरले नै दोस्रो गोल थपेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा आठ मिनेटअघि रियल म्याड्रिडले एक गोल फर्काएको थियो । रियल म्याड्रिडका लागि निको पजले गोल गरेका थिए ।
रियल म्याड्रिड आफ्ना दुई प्रभावशाली खेलाडी इङ्ल्यान्डका जुड बेलिङ्घम र फ्रान्सका केलियन एमबाप्पे बिना नै मैदानमा ओर्लिएको थियो । हालै जर्मनीमा सम्पन्न युरो कपपछि यी दुई खेलाडी क्लबमा फर्किएका छैनन् ।
बार्सिलोना र रियल म्याड्रिडबिचको खेल अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा खेलिएको थियो । ठुलो आँधीका कारण करिब आधा घण्टा खेल प्रभावित भएको थियो । ला लिगाको आगामी सिजन अगस्त १५ तारिखमा सुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण