फिल्म ‘रोल नं १’ निर्माण हुने
आइतबार, २० साउन २०८१, १७ : २८
काठमाडौँ । फिल्म ‘रोल नं १’ निर्माणको घोषणा गरिएको छ । सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुति रहने यो फिल्मको फस्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो ।
फिल्मलाई जोन योञ्जनले निर्देशन गर्दैछन् । फिल्ममा जोनकै कथा रहनेछ ।
सार्वजनिक पोस्टरमा कक्षाकोठाबाट अन्तिम बेन्चबाट एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेका छन् । यसले, फिल्मको भाव बोलेको प्रष्ट हुन्छ । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहनेछ ।
फिल्मको कलाकार छिट्टै फाइनल गरिने बताइन्छ । सेभेन सिजले अहिले फिल्म ‘पूर्ण बहादुरको सारङ्गी निर्माण गरिरहेको छ । यसको छायांकन सकेलगतै ‘रोल नं १’को छायांकन सुरु हुने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण