संविधान सभा सदस्य तथा उद्योगपति अग्रवालको निधन
मङ्गलबार, २२ साउन २०८१, १४ : ०३
काठमाडौँ । संविधानसभा सदस्य तथा वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको निधन भएको छ । मारवाडी सेवा समितिका पूर्वअध्यक्ष समेत रहेका अग्रवाल ७७ वर्षको उमेरमा गएराति निधन भएको हो ।
उनी नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालका पिता हुन् । स्वर्गीय अग्रवाल लामो समयदेखि विभिन्न उद्योग व्यवसायमा क्रियाशील थिए ।
अग्रवालले आरएमसी सिमेन्ट, पाल्पा सिमेन्ट, आरएमसी फुड्स उद्योग सञ्चालन गरेका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुनशानको पिरामिड आकारको अनौठो अपार्टमेन्ट भवन
-
देवनगरमा ५० हेक्टरको 'टाइगर सेन्चुरी' बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
-
विश्वकपमा यमालको जादु
-
सुदूरपश्चिमको कानुन मन्त्रालयको बजेटमा खेलमैदान र विद्यालय भवन
-
‘क्रिस्टियानो रोनाल्डोलाई नै बल पास गर्नुपर्ने कुनै दबाब छैन’
-
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण