बंगलादेशमा सेनाको शीर्ष पदमा हेरफेर
ढाका । बंगलादेशमा सेनाको केही शीर्ष पदमा हेरफेर गरिएको छ । त्यहाँको इन्टर सर्भिस पब्लिक रिलेसन्स (आईएसपीआर)ले मंगलबार एक विज्ञप्ति जारी गर्दै हेरफेरबारे जानकारी दिएको छ ।
विज्ञप्तिका अनुसार राष्ट्रिय दूरसञ्चार अनुगमन केन्द्र (एनटीएमसी)का महानिर्देशक मेजर जनरल जियाउल अहसानलाई सेवाबाट बर्खास्त गरिएको छ । मेजर जनरल एएसएम रिदवानुर रहमान लाई एनटीएमसीका महानिर्देशक नियुक्त गरिएको छ । लेफ्टिनेन्ट जनरल मोहम्मद सैफुल आलमलाई परराष्ट्र मन्त्रालयको जिम्मा दिइएको छ ।
लेफ्टिनेन्ट जनरल मिजानुर रहमान शमीमलाई सेनाको प्रधानसेनापति नियुक्त गरिएको छ । लेफ्टिनेन्ट जनरल मुजिबुर रहमानलाई सेनाको तालिम र सिद्धान्त कमाण्डको जनरल अफिसर कमान्डिङ (जीओसी) बनाइएको छ भने लेफ्टिनेन्ट जनरल अहमद तबरेज शाम्स चौधरीलाई क्वार्टर मास्टर जनरल बनाइएको छ ।
लेफ्टिनेन्ट जनरल मोहम्मद शाहीनुल हकलाई नेसनल डिफेन्स कलेज (एनडीसी) को कमान्डेन्ट बनाइएको आईएसपीआरको विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण