तेलबालीको उत्पादन बढाउनका लागि अनुसन्धान प्रभावकारी बनाउन मन्त्री अधिकारीको निर्देशन
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले तेलबालीको उत्पादन र उत्पादकत्व बढाउनका लागि अनुसन्धान प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
सर्लाहीको नवलपुरस्थित तेलबाली अनुसन्धान कार्यक्रम निरीक्षणका क्रममा तेलहन बालीको उत्पादन र उत्पादकत्व बढाउन अनुसन्धान प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।
नेपालमा २ लाख ६० हजार हेक्टर क्षेत्रफलमा तेलबाली उत्पादन हुँदै आएको छ । सो क्षेत्रफलबाट २ लाख ८७ हजार मेट्रिक टन तेलबाली उत्पादन हुन्छ । सो क्षेत्र विस्तार र उत्पादन बढाउनका लागि अनुसन्धानमा जोड दिनुपर्ने मन्त्री अधिकारीले बताए ।
तेलबाली अनुसन्धान कार्यक्रम सर्लाहीका संयोजक डा. सुवास सुवेदीले तेलबाली अनुसन्धान अन्तर्गतका क्रियाकलाप र उपलब्धिहरूको बारेमा जानकारी गराएका थिए । ‘नेपालमा २ लाख ६० हजार हेक्टर क्षेत्रफलमध्ये करिब ७५ प्रतिशत करिब २ लाख हेक्टर क्षेत्रफल तोरी बालीले ओगटेको छ,’ उनले भने, ‘२ लाख ८७ हजार मेट्रिक टन तेलहनबालीमध्ये करिब ७६ प्रतिशत हिस्सा तोरीले ओगटेको छ, तोरी नेपालको लागि प्रमुख तेलहन बाली हो ।’
उन्नति, प्रगति, नवलपुर–४ लगायत तोरीका ८ वटा जात विकास गरिएको डा।सुबेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण