काभा महिला भलिबल : उपाधिका लागि भारतसँग भिड्दै नेपाल
काठमाडौँ । काभा महिला भलिबल नेसन्स लिगको फाइनल खेल आज हुँदै छ । उपाधिका लागि नेपाल र भारत भिड्दै छन् । खेल ४ः१५ मा सुरु हुनेछ ।
मंगलबार नेपालले इरानलाई र भारतले श्रीलङ्कालाई हराउँदै उपाधिका लागि आमने–सामने हुन लागेका हुन् ।
नेपाली भलिबल टोलीकी कप्तान अरुणा शाहीले फाइनलमा भारतसँग आफ्नो टोलीले झनै राम्रो खेल्ने विश्वास व्यक्त गरेकी छन् । इरानमाथि सोझो सेटमा जित निकालेपछि पत्रकार सम्मेलनमा कप्तान अरुणाले छिमेकी राष्ट्र भारतसँगै जस्तोसुकै अवस्थामा पनि नेपालले राम्रो खेल्दै आएको स्मरण गर्दै सोही मानसिकता र प्रदर्शन दोहोरिने विश्वास व्यक्त गरेकी थिइन् ।
कप्तान अरुणाले इरान जस्तै भारतलाई पनि फाइनलमा सोझो सेटमा हराउँदै उपाधि जित्ने लक्ष्य रहेको बताएकी हुन् । इरानलाई सुरुदेखि नै दबाबमा राखेर खेल्नुपर्छ भन्ने उद्देश्यसहित कोर्टमा उत्रनु नै जितको बलियो आधारमा रहेको बताइन् । पछाडि परेको अवस्थामा पनि सोही मानसिकता साथ खेल्दा पुनरागमनसँगै जित सम्भव भएको उनको भनाइ छ ।
अरुणाले इरानसँगको पहिलो खेलमा उनीहरू महत्त्वपूर्ण पक्ष बुझ्न नसकेको र सेमिफाइनलमा उनीहरूको बलियो पक्षलाई रोक्न सफल भएको बताइन् । फाइनलमा अझै केही सुधार गर्दै उपाधि सुरक्षित गर्न बलियो रणनीतिका साथ खेल्ने कप्तान अरुणाको आशा छ ।
नेपालका प्रशिक्षक जगदीश भट्टले इरानसँग सेमिफाइनल खेल्नुअघि आफ्ना खेलाडीको मानसिकता बलियो बनाएकाले सोझो सेटमा जित्ने लक्ष्य पूरा भएको बताएका छन् । फाइनलमा पनि यहि रणनीति अवलम्बन गर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण