मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

बुधबार, २३ साउन २०८१, ०८ : १६
बुधबार, २३ साउन २०८१

मकवानपुर । पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा ढुङ्गासहितको पहिरो खस्दा  पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।

बुधबार बिहान ७ः४० बजेको समयमा पहिरो खस्दा सो सडकहरू दुई तर्फी नै अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । 

सडक खुलाउनका लागि प्रहरी निरीक्षकसहितको टोली पहिरो खसेको ठाउँमा पठाइएको र करिब १ घण्टा लाग्ने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप