हमासले चुन्यो नयाँ नेता
बुधबार, २३ साउन २०८१, ०९ : १७
दोहा । हमासले आफ्नो नयाँ नेता चयन गरेको छ । कतारको राजधानी दोहामा दुई दिन लामो वार्तापछि हमासले याह्या सिनवारलाई आफ्नो नयाँ शीर्ष नेतामा चयन गरेको हो । सिनवार २०१७ देखि गाजापट्टीमा समूह नेताको रूपमा काम गर्दै आएका थिए ।
यसअघिका नेता इस्माइल हानियाको इरानको तेहरानमा हत्या भएको थियो । हानियाको हत्यामा इजरायलको हात रहेको बताइएको छ । इस्माइल हानियाको मृत्युबारे इजरायलबाट भने कुनै प्रतिक्रिया आएको छैन।
हमासका एक अधिकारीले बीबीसीलाई दिएको जानकारी अनुसार हमास नेतृत्वले सर्वसम्मतिले सिनवारलाई आन्दोलनको नेतृत्व गर्न आफ्नो नेता चयन गरेको हो। मध्यपूर्वमा बढ्दो तनावका बिच यो घोषणा भएको छ । इरान र उसका सहयोगीहरूले हनियाको मृत्युको बदला लिने बताएका छन्।
–बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण