राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय कांग्रेस केन्द्रीय समितिबाट अनुमोदन
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धमा कार्यसम्पादन समितिले गरेको निर्णय अनुमोदन गरेको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले निर्णय सम्बन्धी प्रस्ताव बैठकले अनुमोदन गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
‘राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धमा कार्यसम्पादन समितिले गरेको निर्णय केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ । महासमिति बैठकले गरेका प्रस्ताव परिमार्जनसहित केन्द्रीय समितिले अनुमोदन गर्ने निर्णय गरेको थियो । पदाधिकारीहरूले तयार गरेको परिमार्जन प्रस्ताव उपर बिहीबारदेखि छलफल हुन्छ’, बैठकपछि सञ्चारकर्मीलाई महतले बताए ।
असार १७ गते कांग्रेस र नेकपा एमालेबिच संविधान संशोधनसहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो ।
यस्तै भातृसंगठनहरुको अधिवेशन सम्बन्धमा निर्देशन समिति बनाउने विषयमा पनि छलफल हुने उनले बताए । यसैगरी महतले सय दिने सङ्गठनात्मक अभियान भदौ १५ देखि मङ्सिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव पनि पेस भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदयरोग केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण