जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
बिहीबार, २४ साउन २०८१, १४ : ४८
टोकियो । दक्षिणी जापानमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड रहेको थियो ।
जापानी प्रसारक एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइटा, कागोशिमा जस्ता क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ। जापानका प्रधानमन्त्रीले पनि भूकम्पबारे केही निर्देशन जारी गरेका छन् ।
प्रधानमन्त्रीको निर्देशन अनुसार सुनामी र विस्थापितसम्बन्धी सही जानकारी जनतालाई समयमै उपलब्ध गराउनु पर्नेछ । साथै, क्षति रोक्न नागरिकहरूलाई बाहिर निकाल्ने जस्ता कदमहरू चाल्नुपर्नेछ । जतिसक्दो चाँडो क्षतिको अवस्थाको आकलन गर्नु भनिएको छ।
स्थानीय सरकारहरूसँग समन्वय कायम गरी जनताको जीवन बचाउन कुनै कसर बाँकी नराख्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण