अब भैँसीको मासु र सुन्तला चीन निर्यात हुन्छ : मन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले प्रशोधित भैँसीको मासु र सुन्तला चीनमा निर्यातका लागि तयारी अन्तिम चरणमा रहेको बताएका छन् । नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम चेन सोङ्गसँग शिष्टाचार भेटघाटका क्रममा प्रशोधित भैँसीको मासु र सुन्तला चीनमा निर्यात गर्नको लागि कानुनी प्रक्रियाहरू पुरा गर्ने अन्तिम चरणमा रहेको बताएका हुन् ।
मन्त्रालयमा भएको भेटमा नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चिन सरकारको तर्फबाट कृषि तथा ग्रामीण विकास मन्त्रालय बिच कृषि, पशुपन्छी तथा मत्स्यपालनको क्षेत्रमा यस अघि हस्ताक्षर भएको समझदारी पत्र कार्यान्वयन गर्ने दुवै पक्षबाट प्रतिबद्धता व्यक्त गरेका छन् ।
हाल हेलेज र औषधीजन्य जडीबुटीहरू निर्यात सुरु भएको छ । चीनबाट नेपालको कृषि विकासका लागि पुर्याउँदै आएको सहयोगलाई निरन्तरता दिदैं नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१–०८२ को दशकलाई “कृषिमा लगानी दशक” घोषणा गरेकाले यसलाई कार्यान्वयन गर्न ठुलो लगानीको आवश्यकता रहेकाले त्यसमा पनि आपसी समझदारीमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको छ ।
यस्तै उन्नत बिउ उत्पादन र प्रविधि हस्तान्तरणमा पनि सहयोग गर्ने बारेमा छलफल भएको अधिकारीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको जिल्ला अधिवेशन सुरुः ६७ जिल्लामा निर्वाचन हुँदै, १० जिल्लाको महाधिवेशनपछि हुने
-
विजय मल्ललाई प्राप्त पुरस्कार
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण