लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित सबै मन्त्रीलाई प्रधानमन्त्रीले किन बोलाए काठमाडौँ ?
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित ९ जना मन्त्री काठमाडाैँ केन्द्रित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका सबै मन्त्रीहरूसँग छलफल गर्ने कार्यक्रम तय भएपछि मुख्यमन्त्री चेतनारायण आचार्यसहित सबै मन्त्री काठमाडाैँ पुगिसकेका छन् ।
प्रधानमन्त्रीले लुम्बिनी प्रदेश प्रदेशका मुख्यमन्त्री र मन्त्रिहरुसँग आज दिउँसो ३ बजे छलफल राखेको सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले रातोपाटीलाई बताए । उनले भने -'ठ्याक्कै यो विषयमा भन्ने स्पष्ट छैन, तर केही निर्देशन दिनको लागि बोलाउनु भएको होला ।'
मुख्यमन्त्री आचार्य र आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की २२ गते नै काठमाडाैँ पुगिसकेका थिए । उनीहरूले त्यहाँ राजनीतिक भेटघाट रहेका छन्।
प्रधानमन्त्रीले बाँकी मन्त्रीहरूलाई पनि बोलाएर छलफल गर्ने भनेपछि अन्य अहिले सबै मन्त्रीहरू पनि काठमाडाैँ पुगिसकेका छन् । लुम्बिनी प्रदेशमा एमालेका मुख्यमन्त्रीसहित पाँच र कांग्रेसका चार जना मन्त्री छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण