एक्समा चुनावसम्बन्धी भ्रामक जानकारी फैलाउँदै मस्क
क्यालिफोनिर्या । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्समा अमेरिकी चुनावसम्बन्धी झुटा र भ्रामक दाबीहरू पोष्ट भएको बताइएको छ । एउटा पर्यवेक्षक संस्थाले सो दाबी गरेको हो ।
सेन्टर फर काउन्टिरिङ्ग डिजिटल हेड (सीसीडीएच)ले बताएअनुसार एक्समा झुटा र भ्रामक पोष्ट १ अर्ब २० करोड पटक हेरिएको छ । यसलाई राष्ट्रपति निर्वाचनमा एलन मस्कले कसरी प्रभाव पारिरहेका छन् भन्ने स्पष्ट भएको बताइएको छ । अन्वेषकहरूले यसअघि नै एक्स राजनीतिसम्बन्धी गलत जानकारीको केन्द्र बनेको भनेर चेतावनी दिएका थिए ।
मस्कले आफ्नो व्यक्तिगत खाताबाट झुट फैलाएर मतदातालाई प्रभावित गरिरहेको देखिएको पनि बताइएको छ । टेस्लाका सीईओ मस्कले यस पटकको राष्ट्रपति निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गरिरहेका छन् । सीसीडीएचका अन्वेषकहरूले जनवरीदेखि मस्कले साझा गरेका ५० पोष्ट भ्रामक र गलत रहेको बताएका छन् । एक्समा मस्कका झन्डै १ करोड ८३ लाख फलोअर छन् । यीमध्ये कुनै पनि पोष्टमा कम्युनिटी नोट नभएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण