समाचार
बौद्धको धागो कारखानामा भीषण आगलागी
शुक्रबार, २५ साउन २०८१, १७ : २७
काठमाडौँ । काठमाडौँको बौद्धस्थित एक धागो कारखानामा भीषण आगलागी भएको छ । आगो निभाउन बौद्धका डीएसपी राजु पाण्डे नेतृत्वको सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन् ।
ओखलढुङगा स्थायी घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका २ सुन्दरीजल भूमिस्थली बस्ने बुद्धिबहादुर कार्कीले सञ्चालन गरेको मनकामना धागो कारखानामा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागी नियन्त्रणका लागि ५० जना प्रहरी, २५ जना नेपाली सेना र स्थानीयवासी परिचालित भैरहेको प्रहरीको भनाई छ । साथै भक्तपुर र पाटनमा उपलब्ध दमकल पनि पठाउन लागिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेश मैनालीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण