समाचार
बौद्धको धागो कारखानामा भीषण आगलागी
शुक्रबार, २५ साउन २०८१, १७ : २७

काठमाडौँ । काठमाडौँको बौद्धस्थित एक धागो कारखानामा भीषण आगलागी भएको छ । आगो निभाउन बौद्धका डीएसपी राजु पाण्डे नेतृत्वको सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन् ।
ओखलढुङगा स्थायी घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका २ सुन्दरीजल भूमिस्थली बस्ने बुद्धिबहादुर कार्कीले सञ्चालन गरेको मनकामना धागो कारखानामा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागी नियन्त्रणका लागि ५० जना प्रहरी, २५ जना नेपाली सेना र स्थानीयवासी परिचालित भैरहेको प्रहरीको भनाई छ । साथै भक्तपुर र पाटनमा उपलब्ध दमकल पनि पठाउन लागिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेश मैनालीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनमा कार्यकर्ताहरू नाचगानमा व्यस्त (तस्बिरहरू)
-
तस्बिरमा हेर्नुहोस् ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’
-
एपस्टाइन फाइलका नाममा ट्रम्पलाई धम्क्याउँदैछन् मस्क, के छ यसमा ?
-
हीरक महोत्सवले गरायो ‘अन्नपूर्ण प्रथम’को वास्तविक चिनारी
-
विश्वविद्यालयको अनुसन्धानलाई व्यवसायसँग जोड्न इन्क्युवेसन सेन्टरको पहल
-
त्रिविले नेपाल आउने विदेशी विद्यार्थी र प्राध्यापकको भिसा प्रक्रिया अन्तर्राष्ट्रिय सम्बन्धन केन्द्रबाट गर्ने