बागमतीमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सुरु
हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्लामा गाई–भैँसीमा लाग्ने लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान सुरु गरेको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुमा लम्पी स्किन रोगको संक्रमण हुन नदिन शुक्रबारदेखि साउन ३१ गतेसम्म सप्ताहव्यापी खोप अभियान सुरु गरेको हो ।
शुक्रबार एक समारोहका बिच मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित गाई फार्ममा प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले पशु स्वास्थ्यकर्मीलाई भ्याक्सिन हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गरेका हुन् । अभियान अन्तर्गत प्रदेशका १३ जिल्लाका ७६ हजार २ सय ७५ गाई–भैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउने लक्ष्य मन्त्रालयको रहेको छ ।
खोप अभियान कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले गाई–भैँसीमा लम्पी स्किन रोग लाग्न नदिन पूर्वतयारी स्वरूप प्रदेशका सबै स्थानीय तहमा प्रभावकारीताका साथ खोप अभियान सञ्चालन गरिने बताए । नागरिकहरूलाई सरकारको अनुभूति दिलाउने र आर्थिक रुपले सक्षम बनाउने पहल स्वरूप प्रदेश सरकारले अभियान अघि बढाएको उनले बताए ।
मन्त्रालयका सचिव विनोद कुमार भट्टराईले स्थानीय तहको समन्वयमा पशु सेवा कार्यालय मार्फत खोप अभियान सञ्चालन भएको बताए । कृषकहरूलाई उत्पादनमा सघाउने उद्धेश्य अनुसार मन्त्रालयले बजेटमा नै समावेश गरेर खोप अभियानलाई अघि बढाएको उनले बताए । कृषकहरूको सहायतासँगै आर्थिक उपार्जनमा सघाउन विभिन्न रोगविरुद्धको निःशुल्क खोप उपलब्ध गराउने उनको भनाई छ । लम्पी स्किन रोग नियन्त्रणका लागि प्रदेश सरकारले यस आर्थिक वर्षमा ७३ लाख बजेट विनियोजन गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण