स्रोत नखुलेको दुई लाख बढी रुपैयाँसहित भारतीय पक्राउ
रौतहट । रौतहटमा स्रोत नखुलेको नेपाली दुई लाख बढी रुपैयाँसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले बिहार सितामढी जिल्ला बैरगनिया ३ असोगीका ३४ बर्षीय रबिन्द्र कुमारलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी ११ नम्बर हेक्वा गण गौरबाट खटिगएको मोबाइल गस्ती टोलीले बौधिमाई नगरपालिका ७ अरुवा खोला छेउ सिमावर्ती इलाकाबाट उनलाई पक्राउ गरेको हो ।
भारत बिहार सितामढी जिल्ला बैरगनिया ३ असोगीका ३४ वर्षीय रबिन्द्रकुमार लाई २ लाख ११ हजार ८४० रुपैयाँ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ भारतबाट नेपाल आउनेक्रममा रबिन्द्रकुमार चढेको विआर ३० ए एफ ६९३९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उक्त रकम बरामद गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताए ।
बरामद रुपैयाँ र मोटरसाइकलको १ लाख ५० रुपैयाँ मूल्याङ्कनसहित इन्द्र कुमारलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
-
१० बजे १० समाचार : सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
-
झापाबाट हराएका ६५३ जना एक वर्षमा फेला
-
शैक्षिक परामर्श संस्था नवीकरणको अनलाइन आवेदन दिने म्याद थपियो
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
-
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण