पूर्वसभामुख ओनसरी घर्तीको गुनासो– पार्टी अध्यक्ष र वरिष्ठ उपाध्यक्षले मलाई सुन तस्करको जस्तो व्यवहार गरे
काठमाडौँ । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले आफूमाथि सुन तस्करीको आरोप लागेको बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले फोन नउठाएकोमा गुनासो पोखेकी छिन् ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकको तेस्रो दिन आइतबार घर्तीले उक्त गुनासो राखेकी हुन् । बैठकमा सहभागी एक स्थायी समिति सदस्यका अनुसार आफूलाई सुन तस्करी भएजसरी नेतृत्वले व्यवहार गरेकोमा चर्को असन्तुष्टि राखेकी थिइन् ।
‘सुन तस्करीको आरोप लागेको विषयमा मलाई सुन तस्करी जस्तो गरेर अध्यक्ष र वरिष्ठ उपाध्यक्षले मेरो फोन उठाउनु भएन । नेताहरूले पनि मलाई तस्करीको रूपमा हेरे । समयसँगै आरोप सत्य नभएको पुष्टि गरेको छ’, घर्तीको भनाइ उदृद्ध गर्दै ती सदस्यले भने ।
सुन तस्करीको आरोप लागेका व्यक्तिहरूसँग घर्ती र उनका श्रीमान् तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले सँगै खाना खाएको तस्बिर सार्वजनिक भएपछि उनीहरू विवादमा तानिएका थिए । त्यतिबेला अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष श्रेष्ठ उपप्रधानमन्त्री एवं गृहमन्त्री थिए ।
साथै उनले विचारको विकास र पार्टी निर्माणमा प्रचण्डले राखेको प्रस्तावको समर्थन गर्दै अहिले नै उनको विकल्प खोज्ने बेला नभएको विचार राखेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण