दश टन चिनीसहित मिनी ट्रक प्रहरी नियन्त्रणमा
आइतबार, २७ साउन २०८१, २२ : ४८
बरहथवा । सर्लाहीमा प्रहरीले रु सात लाख बराबरको १० टन चिनीसहित मिनी ट्रक नियन्त्रणमा लिएको छ । आज इलाका प्रहरी कार्यालय केश्वरगञ्जको टोलीले ईश्वरपुर नगरपालिका–५, सखुवनी टोलबाट चिनीसहितको मिनी ट्रक पक्राउ गरेको हो ।
बयलवासबाट सिन्धुलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १६०० नम्बरको ट्रक जाँच गर्दा बिलविजकमा कैफियत देखिएपछि नियन्त्रण लिइएको प्रहरी नायब उपरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए ।
ट्रकमा ५० किलोग्रामका दुई सय बोरा चिनी रहेका प्रहरीले जनाएको छ । ट्रक चालक ताप्लेजुङ जिल्लाको आठराइ त्रिवेणी गाउँपालिका–२, निवासी ३७ वर्षका झलक लिम्बूलाई नियन्त्रण लिई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय मलङ्गवामा पठाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण