राप्तीको सिधनियाघाटमा शवदाहगृह निर्माण हुँदै
बाँके । डुडुवा गाउँपालिका–५ स्थित राप्ती नदीको सिधनियाघाटमा शवदाहगृह निर्माण हुने भएको छ । दाहसंस्कार गर्दा हुँदै आएको समस्यालाई मध्यनजर गर्दै नेपालगञ्जस्थित नागरिक समाजका अगुवाका पहलमा गठित वैकुण्ठधाम सिधनियाघाट व्यवस्थापन समितिको अगुवाइमा शवदाहगृह निर्माण हुन लागेको हो ।
यसका लागि समितिले सिधनियाघाटमा १२ कट्ठा जमिन खरिद गर्न लागेको समितिका संयोजक डा सुरेश कनौडियाले बताए । उनका अनुसार थप १९ कट्ठा जग्गा खरिद गर्ने समितिको योजना छ । वैकुण्ठधाममा ब्रह्मनाल, किरियापुत्री घर, मन्दिर, उद्यान, धारा, प्रतीक्षालय, काठ गोदाम, पूजा सामग्री पसल, सार्वजनिक शौचालय बनाउने योजना समितिको अघि रहेको छ ।
विगत एक वर्षअघि सामान्य बहसमा आएको विषय अहिले योजनागत रूपमा अघि बढेको हो । बाँकेको नेपालगञ्ज, डुडुवा, राप्ती सोनारी, जानकीलगायत पालिकाका बासिन्दाले दाहसंस्कारका लागि सिधनियाघाट प्रयोग गर्दै आएका छन् । यसको लागि पूर्वाधार अभावले नागरिकले सास्ती भोग्दै आएकाले वैकुण्ठधामको योजना अगाडि सारिएको व्यवस्थापन समिति सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए ।
शवदाहगृह निर्माणार्थ आध्यात्मिक महोत्सवको आयोजना गर्ने र बाँकेका उद्योगी, व्यवसायी समाजसेवीलगायतसँग आर्थिक सहयोगका लागि अनुरोध गरिने उनको भनाइ छ । वाचन शिरोमणि पण्डित दिनबन्धु पोखरेलको उपस्थितिमा आगामी कात्तिक २२ देखि ३० गतेसम्म आध्यात्मिक महोत्सव सञ्चालनको तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
-
परराष्ट्र मन्त्री शिशिर खनालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
-
नेपालगन्जमा तीन दिन विद्यालय बन्द
-
शाखा अधिकृत पौडेललाई सेवाबाट हटाइयाे
-
एमाले सचिवालयको निष्कर्ष : विष्णु पौडेलको पक्राउ गैरकानुनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण