थापाथलीमा बन्दै गरेको राष्ट्र बैंकको भवनको सुरक्षा हेर्ने जिम्मेवारी बतास ग्रुपलाई
काठमाडौँ । नेपाल राष्ट्र बैंकको थापाथलीस्थित निर्माणाधीन भवनको भल्ट र सो सँग सम्बन्धित सुरक्षा प्रणाली व्यवस्थापनको जिम्मेवारी बतास ग्रुपले पाएको छ । निर्माणाधीन भवनका लागि आवश्यक भल्ट र सोसँग सम्बन्धित सेक्युरिटी सिस्टम खरिद गर्न जागरी गरिएको बोलपत्रमा परेको दरखास्तहरूमध्ये कम बोलकबोल गर्ने र योग्य कम्पनीको रूपमा बतास ट्रक्टर्स प्रालि गैरीधारा, काठमाडौँलाई छानिएको राष्ट्र बैंकले जनाएको छ । उक्त कम्पनी बतास ग्रुप अफ कम्पनी अन्तरगतको सिस्टर कम्पनी हो ।
राष्ट्र बैंकका अनुसार उक्त कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक १ करोड ५० लाख १२ हजार रुपैयाँमा बोलकबोल हालेको थियो । प्रस्तावित बोलकबोलहरूमध्ये यो न्यूनतम मूल्याङ्कित सारभूत रूपमा प्रभावग्राही भएकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ र नेपाल राष्ट्र बैंक, खरिद विनियमावली २०७१ (संशोधन समेत) को विनियम ५४ बमोजिम उक्त बोलपत्रदाताको प्रस्ताव स्वीकृत हुने आशयसहितको ब्यहोरा सबैमा जानकारी गराइएको राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण