थापाथलीमा बन्दै गरेको राष्ट्र बैंकको भवनको सुरक्षा हेर्ने जिम्मेवारी बतास ग्रुपलाई

काठमाडौँ । नेपाल राष्ट्र बैंकको थापाथलीस्थित निर्माणाधीन भवनको भल्ट र सो सँग सम्बन्धित सुरक्षा प्रणाली व्यवस्थापनको जिम्मेवारी बतास ग्रुपले पाएको छ । निर्माणाधीन भवनका लागि आवश्यक भल्ट र सोसँग सम्बन्धित सेक्युरिटी सिस्टम खरिद गर्न जागरी गरिएको बोलपत्रमा परेको दरखास्तहरूमध्ये कम बोलकबोल गर्ने र योग्य कम्पनीको रूपमा बतास ट्रक्टर्स प्रालि गैरीधारा, काठमाडौँलाई छानिएको राष्ट्र बैंकले जनाएको छ । उक्त कम्पनी बतास ग्रुप अफ कम्पनी अन्तरगतको सिस्टर कम्पनी हो ।
राष्ट्र बैंकका अनुसार उक्त कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक १ करोड ५० लाख १२ हजार रुपैयाँमा बोलकबोल हालेको थियो । प्रस्तावित बोलकबोलहरूमध्ये यो न्यूनतम मूल्याङ्कित सारभूत रूपमा प्रभावग्राही भएकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ र नेपाल राष्ट्र बैंक, खरिद विनियमावली २०७१ (संशोधन समेत) को विनियम ५४ बमोजिम उक्त बोलपत्रदाताको प्रस्ताव स्वीकृत हुने आशयसहितको ब्यहोरा सबैमा जानकारी गराइएको राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुकुरको उद्धार गर्दै आएको ’एनिमल रेस्क्यु सेन्टर’ लाई बेलायतबाट सहयोग
-
गण्डक–घण्टाघर–मितेरी पुल सडक निर्माणमा देखिएका समस्याबारे छलफल
-
बाढीले काठेपुल बगाएपछि आवागमनमा समस्या
-
प्रदीप नेपाल : सुरुङ खनेर नख्खु जेलबाट भागेपछि...
-
कन्सर्ट विवादको लागि सोनु निगमले माफी मागे
-
भारत भ्रमण उपलब्धिपूर्ण रह्यो : मुख्यमन्त्री शाह