सेयर बजारमा २५ अर्बको कारोबारको रेकर्ड ब्रेक, नेप्सेमा ७०.८१ अंकको वृद्धि
काठमाडौँ । सेयर बजारमा उच्च परिमाणको कारोबारको रेकर्ड ब्रेक भएको छ । आइतबार ४० अंकले सूचक बढेको बजारमा २५ अर्ब ९३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । उक्त रेकर्ड २४ घण्टा नबित्दै ब्रेक हुन पुगेको हो ।
सोमबार हालसम्मकै उच्च २७ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबरको ६ करोड ४८ लाख ७६ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
उच्च कारोबार हुने गरी सेयर बजारमा आएको उल्लासमय दिनमा नेप्से सूचक समेत ७०.८१ अंकले बढ्दै २९ सय ३१.६५ विन्दुमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यो कोभिड–१९ पछिकै उच्च विन्दु हो ।
सोमबार १७१ कम्पनीको सेयर मूल्य बढ्दा जम्मा ६८ कम्पनीको मात्र मूल्य घटेको छ । सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको १ अर्ब २२ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने शिभम् सिमेन्टको ९२ करोड २८ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
सोमबार सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रसुवागढी हाइड्रोपावर कम्पनी, स्वीट गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनसहित दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्न पुगेको छ भने दुई दर्जनमाथि कम्पनीहरूको सेयर मूल्य ६ प्रतिशत माथिले बढेको छ ।
इन्भेष्टमेन्ट र म्यानु एण्ड प्रो दुईवटा उपसूचक बाहेक सोमबार बाँकी ११ वटा उपसूचक धनात्मक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण