युवाहरूको नेतृत्वमा वैद्यको पार्टी विभाजन हुँदै, छिट्टै नयाँ पार्टी घोषणा हुने
काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी विभाजन भएको एक महिना नपुग्दै फेरि विभाजन हुन लागेको छ । साउन २६ देखि २९ गतेसम्म जारी महाधिवेशन आयोजक समिति बैठकमा संयोजक मोहन वैद्य किरणको कार्यशैलीप्रति असहमति जनाउँदै सचिवालय सदस्यहरु भूपेन्द्र न्यौपाने (संकूल),हरिकृष्ण गजुरेल (भाष्कर) र वसन्त बोगटीको नेतृत्वमा पार्टी विभाजनको घोषणा हुन लागेको हो ।
सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले साउन १२ गते जारी भएको परिपत्र विपरीत संयोजक किरणले केन्द्रीय समिति र सचिवालय विस्तार गर्न लागेको आरोप लगाएका छन् ।
‘जारी बैठक उक्त निर्णयको आवरणमा मूलतः केन्द्रीय समिति र सचिवालय थप गर्ने अघोषित उद्देश्यमा केन्द्रित हुन पुगेको छ । यो अन्तर पार्टी जनवाद र विधानको गम्भीर उल्लंघन हो । यसप्रकारको स्थिति विकल्प राजनीतिक प्रस्तावको निषेध मात्र होइन, अपितु एकता महाधिवेशन र समग्र नेपाली क्रान्तिको बलिदान र आगामी विजय माथिको गम्भीर षड्यन्त्र हो । यसले अन्ततः क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको विघटन एवं दक्षिणपन्थी नवसंशोधनवाद, नवप्रतिक्रियावाद, बुर्जुवा संसदवाद र साम्राज्यवाद विस्तारवादको सेवा गर्नेछ’, विज्ञप्तिमा उल्लेख छ ।
पार्टीको मूल नेतृत्वले एकता संघर्ष र रूपान्तरणको भौतिकवादी द्वन्द्ववादको विधिविरुद्ध विचार, संगठन र समग्र क्षेत्रमा एकता संघर्ष र निषेधको नीति लागू भएकाले क्रान्तिकारी विद्रोह सुनिश्चित गरेको विज्ञप्तिमा जनाइएको छ । यसअघि साउन १ गते पार्टीका सहसंयोजक धर्मेन्द्र बास्तोला समूह पार्टीबाट अलग भएको थियो ।
को–को हुन् विद्रोह पक्षधर ?
१.संकूल – सचिवालय सदस्य
२. भाष्कर –सचिवालय सदस्य
३. वसन्त –सचिवालय सदस्य
४.अर्जुन –आयोजक समिति सदस्य
५. वर्षा – आयोजक समिति सदस्य
६. विशाल –आयोजक समिति सदस्य
७. रोशी – आयोजक समिति सदस्य
८. सुनिता –आयोजक समिति सदस्य
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान दिवस भर्सेस कालो दिवस, अधिकार नपाएको दुवै पक्षको गुनासो
-
शुक्रबारदेखि काठमाडौँमा ‘दोस्रो राष्ट्रिय चलचित्र कन्फरेन्स’ हुने
-
लेबनान : सञ्चार उपकरण विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, ६०८ जना घाइते
-
पर्वतीय उडान सकेर काठमाडौँको स्काइवाकमा ‘डली चायवाला’
-
आइतबारसम्मका लागि धरहराको टिकट बुक
-
शीतल निवासमा सांस्कृतिक कार्यक्रम, तस्बिरहरु