मस्कले एक्समा लिए ट्रम्पसँग अन्तर्वार्ता
अमेरिका । अमेरिकी पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट आगामी निर्वाचनको उम्मेदवार डोनाल्ड ट्रम्प सोसल मिडिया प्लेटफर्म एक्समा फर्किएका छन् । यसैबिच उनले एक्स प्लेटफर्मका मालिक एलोन मस्कलाई प्रत्यक्ष अन्तर्वार्ता दिएका छन्।
यो अन्तर्वार्ता निर्धारित समय भन्दा अलि ढिलो सुरु भएको बीबीसीले जनाएको छ। मस्कले यसका लागि साइबर हमलालाई जिम्मेवार ठहर्याएका छन् ।
उनले यसलाई अनौपचारिक अन्तर्वार्ताको रूपमा वर्णन गरे, जसले खुला दिमागका स्वतन्त्र मतदाताहरूलाई मद्दत गर्ने मस्कको भनाइ छ । एलेनले ट्रम्पको हत्या प्रयासको घटनाबाट कुराकानी सुरु गरे।
आफ्नो अनुभवको बारेमा विस्तृत कुरा गर्नु अघि ट्रम्प हाँस्न थाले। उनले भने 'यो कुनै पनि सुखद छैन'। अन्तर्वाताका क्रममा ट्रम्पले मस्कलाई सबै रेकर्ड तोडेकोमा धन्यवाद दिए। जनवरी ६, २०२१ मा क्यापिटल हिलमा भएको दंगापछि ट्रम्पलाई एक्स प्लेटफर्मबाट दुई वर्षको लागि प्रतिबन्ध लगाइएको थियो।
एक्स र फेसबुक जस्ता धेरै सोशल मिडिया प्लेटफर्महरू प्रतिबन्धित भएपछि, ट्रम्पले आफ्नै सोशल मिडिया प्लेटफर्म ट्रुथ सोशल सुरु गरेका थिए। एक्समा ट्रम्पका ७.५ मिलियन फलोअर्स छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण