सहकारी ठगी आरोप लागेपछि स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्ष फरार, पक्राउ पुर्जी जारी
पोखरा । सहकारीको रकम हिनामिना गरेको आरोप लागेका स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर फरार भएका छन् । सूर्योदय सहकारीको बचतकर्ताको रकम अपचलन गरेको आरोप उनीमाथि छ । उनको समेत संलग्नतामा ३ करोड ६६ लाख रुपैयाँ हिनामिना भएको छानबिन समितिले पत्ता लगाएको हो ।
सूर्योदय र जनजागृति सहकारी मिलेर २०७४ सालमा सूर्योदय सहकारी बनेको थियो । कुँवर उक्त सहरकारीको सचिवका रूपमा काम गरे । कुँवरले बचत रकम अपचलन गरी एमालेका सांसदलाई दिएको र उनले समेत निर्वाचनमा खर्च गरेको पाइएको छानबिनमा संलग्न एक अधिकारीले बताएका छन् ।
छानबिनमा दोषी देखिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । साउन २८ गते कुँवर, बिरुवा सेवा केन्द्रका संयोजक तारेन्द्रबहादुर केसी र मुक्तिनाथ विकास बैंक बिरुवा शाखाकी कर्मचारी सन्ध्या भण्डारी विरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । तारेन्द्र र सन्ध्यालाई यसअघि नै पक्राउ गरिसकिएको स्याङजा प्रहरी प्रमुख एसपी शालिग्राम शर्माले जानकारी दिए ।
सहकारीको बिरुवा सेवा केन्द्र प्रमुख जीवन वाग्लेलाई २० दिनअघि पक्राउ गरि अनुसन्धान थालिएको छ । सहकारीमा समस्या देखिएपछि प्रहरीले बचतकर्तालाई जाहेरी दिन आह्वान गरेको थियो । बचतकर्ता ध्रुवनारायण श्रेष्ठले साउन १० गते जाहेरी दिएका थिए । पालिका अध्यक्ष कुवँरलाई सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ छ ।
‘बिरुवा सेवा केन्द्रमा बचत भएको रकम पालिका अध्यक्षकै मिलेमतोमा हिनामिना भएको देखिन्छ । अहिले प्रहरीले अनुसन्धान थालेको छ,’ छानबिनमा संलग्न एक अधिकारीले भने, ‘सहकारी एमालेको पार्टीगत रूपमा नै चलेको जस्तो देखियो । रकम पनि पार्टीगत रूपमा नै खर्च भएको छ । चुनावका बेला रकम निकालेर मनमौजी खर्च गरिएको देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति, हस्ताक्षरकाे तयारी
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
-
गण्डकी संसद्ले पारित गरेको गाँजा विधेयक प्रदेश प्रमुखले फर्काइदिए
-
प्रवासको पत्रकारितालाई मर्यादित बनाउन ‘टोकियो घोषणापत्र’ कोसेढुङ्गा सावित हुन्छ : रवीन्द्र श्रेष्ठ
-
नेपाल स्काउटका निर्वाचित समितिहरू विघटनप्रति आपत्ति
-
डा.केसीका मागलाई हदैसम्मको संवेदनशीलताका साथ समाधान गर्न सङ्घको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण