किन घट्यो नेपाल टेलिकमको नाफा ?
काठमाडौँ । आर्थिक वर्ष २०८०/०८१ मा नेपाल टेलिकमको आम्दानी र नाफा दुबै घटेको छ । नेपाल टेलिकमले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण अनुसार सो अवधिमा कुल आय रु ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ रहेको रहेको छ ।
उक्त रकम गत आर्थिक वर्षको कूल आय ४४ अर्व ४२ करोड ३६ लाख १८ हजारको तुलनामा २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ अर्थात् ६.३२ प्रतिशतले कम भएको टेलिकमले जनाएको छ ।
यस्तै टेलिकमको कुल सञ्चालन आय ३४ अर्व ४६ करोड ११ लाख ३५ हजार रहेको छ भने उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको कुल सञ्चालन आय रु ३६ अर्व २७ करोड १४ लाख ५० हजारको तुलनामा रु १ अर्ब ८१ करोड ३ लाख १५ हजार अर्थात् ४.९९ प्रतिशतले कमी भएको टेलिकमले जनाएको छ ।
यस्तै आम्दानीमध्ये खुद मुनाफा ६ अर्व ६१ करोड ७७ लाख ७६ हजार रहेको छ भने उक्त रकम गत आर्थिक वर्षको खुद मुनाफा र ७ अर्व ९२ करोड १ लाख ५५ हजार रुपैयाँको तुलनामा रु १ अर्ब ३० करोड २३ लाख ७८ हजार अर्थात् १६.४४ प्रतिशतले कमी भएको टेलिकमले जनाएको छ।
यस्तै कर अघिको मुनाफा ११ अर्व ३७ करोड ९८ लाख ४ हजार रहेको बताउँदै टेलिकमले उक्त रकम गत आर्थिकको कर अघिको मुनाफा रु ११ अर्व ८४ करोड २५ लाख ६२ हजारको तुलनामा रु ४६ करोड २७ लाख ५७ हजार अर्थात् ३.९१ प्रतिशतले कमी भएको जनाएको छ ।
टेलिकमका अनुसार ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय सेवाको तथा अन्तरआवद्धता आयमा गत आर्थिक वर्षको तुलनामा करिब रु १ अर्ब ४३ करोड ८४ लाख ४८ हजारले कमी भएको कारण नाफा घट्न पुग्यो । साथै ओटीटी सेवाले कम्पनीको समग्र भ्वाइस तथा एसएमएस सेवाको आयमा पनि नकारात्मक प्रभाव परिरहेको टेलिकमको भनाइ छ ।
राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार गर्दा पनि नाफामा कमी आएको छ । यस्तै सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकूल असर परेको समेत टेलिकमले जनाएको छ ।
यस्तै सेवा सञ्चालनको लागि आवश्यक ब्याण्डविथ बिगत वर्ष भन्दा कम दरमा खरिद गरिएको, कम्पनीले जीएसएम अनुमति पत्रको तेस्रो नवीकरण शुल्क २० अर्बको भुक्तानीको लागि स्रोत व्यवस्थापन गर्न २०८० पौषदेखि लगानी गर्न नसकेको तथा सोसम्बन्धि भुक्तानीको निर्णय २०८१ बैशाखमा भए पश्चात केहि बैंकमा रहेका मुद्दती निक्षेपहरुलाई परिपक्व अवधि भन्दा अगाडी फुकुवा गरि भुक्तानी गरिएको तथा बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु १ अर्ब २९ करोड ७३ लाखले कमी भएको लगायतका कारणले पनि आम्दानी घटेको टेलिकमको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण