सन्जुको मौलिक तिज गीत ‘आएन परदेशी’ सार्वजनिक
काठमाडौँ । तिज नजिकिँदै गर्दा बजारमा तिज गीत भित्रिने क्रम बढ्दो छ । यस्तैमा गायिका सज्नु न्यौपानेले नयाँ तिज गीत ‘आएन परदेशी’ सार्वजनिक गरेकी छन् । गीतकार सुमन वैरागी पण्डितको शब्द तथा संगीतमा तयार भएको ‘आएन परदेशी’ मा सङ्गीत संयोजन डोलराज बाह्रघरेले गरेका छन् । गीतमा सहयोगी स्वरमा बेलीमाया पुलामीले साथ दिएकी छन् ।
गीतको म्युजिक भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी छन् । दुर्गा पौडेलको छायाङ्कन एवं नवीन घर्तीमगरको सम्पादन रहेको भिडियोमा सज्नु न्यौपाने, सजिना लामिछाने, सबिता पोखरेल, बेलीमाया पुलामी, मेनुका लामिछानेको अभिनय छ ।
‘आएन परदेशी’ भिडियोलाई गायिका सज्नु न्यौपानेको युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् । गायिका न्यौपानेको यसभन्दा अघि पनि धुरुधुरु, हे आमा, दर खान, टिकीया टलल, यसपाली तिजमा, लाहुरेले लगायतका तीज गीतहरू रहेका छन् भने लाहुर, चाँदी कहाँ होला, लामो कपाल, उमेर भाछैन, छोम्रोङ गाउँकी नानी लगायतका सयभन्दा बढी गीतहरू बजारमा आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
-
प्रचण्ड र पूर्वमन्त्री श्रेष्ठबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण