चिनी, चामल र दलहनको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न माग
काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चले दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धिलाई न्यूनीकरण गरी आपूर्ति व्यवस्था सहज गर्न सरकारसँग माग गरेको छ ।
मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बिहीबार विज्ञप्ति जारी गर्दै नेपाली बजारमा पुनः चिनी, चामल तथा दलहनको अस्वाभाविक मूल्य वृद्धि हुन थालेको भन्दै विगतमा जस्तै अहिले पनि चाडबाडको मुखमा कालोबजारी गर्न पल्केका व्यवसायीहरूले सिण्डिकेट गर्दै कालोबजारी गर्न थालेको दाबी गरेका छन् ।
उनले विभिन्न बहानामा चिनीको मूल्य ९५ रुपैयाँ प्रति किलोबाट बढेर ११५ रुपैयाँ पुगेको, मोटा चामलको मूल्य प्रति बोरा ६०० रुपैयाँसम्म बढेको र दलहनमा प्रति किलो ९० रुपैयाँ हाराहारीमा मूल्य बढ्दा उपभोक्ता मारमा परेको बताएका छन् ।
उपभोक्ता मन्चले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, पशुपक्षी तथा कृषि विकास मन्त्रीलाई मूल्य वृद्धि विरुद्ध ज्ञापनपत्र दिएको समितिका सभापतिलाई समेत ध्यानाकर्षण गराएको जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण