पार्टीको १५ औँ महाधिवेशनमा सभापतिमा दाबेदार रहन्छ : नेता कोइराला
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५ औँ महाधिवेशनमा आफू सभापतिको दाबेदार रहेको बताएका छन् । २०८२ सालमा कांग्रेसको महाधिवेशन हुने नहुने टुंगो नभइरहेको बेला कोइरालाले आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।
विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू अघिल्लो महाअधिवेशनमा पराजित निकटतम प्रतिद्वन्द्वी भएका कारण पनि सभापतिमा स्वतः दाबी रहने बताए । उनले देशभर भ्रमण गरेर नेता कार्यकर्ता भेटघाटमा गरिरहेको पनि बताए ।
अर्को प्रसंगमा उनले कोशी प्रदेश सरकारका विषयमा केन्द्रमा छलफल भइरहेकाले एक साताभित्र कांग्रेस सहभागी हुने सम्भावना रहेको बताए । कोइरालाले मुलुकलाई स्थायित्व दिन ठुला दल मिलेको बताए ।
नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि संविधानमा सुधार गर्नुपर्ने र निर्वाचन प्रणाली संशोधन आवश्यक रहेको पनि उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण