पहिरोमा पुरिएर एक जनाको मृत्यु
बिहीबार, ३१ साउन २०८१, २० : १२
काठमाडौँ । खोटाङको रावाबेशी गाउँपालिका-३ बस्ने बिश्वज्योति उच्च माविकी शिक्षिका ६० वर्षीया साबित्रा देवी नेवारको पहिरोमा पुरिएर बिहीबार बिहान मृत्यु भएको छ ।
विद्यालय जाने क्रममा सोही ठाउँस्थित वडा कार्यालय छेउमा पहिरो जाँदा मानिस पुरिएर मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उद्धार गर्ने क्रममा उनको शव फेला परेको हो ।
उता ओखलढुङ्गाको मोलुङ गाउँपालिका-२ बसेरी बस्ने आशबहादुर राईको कुखुरा फर्म अविरल वर्षाको कारण बिहीबार पहिरोले पुरिँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
पहिरोले पुरिएर फर्ममा रहेका ४ सय वटा कुखुरा, ६ बोरा दाना, ४ बोरा भुस, सोलार प्यानल १ थान लगायतका धनमाल नष्ट भएको हो । इलाका प्रहरी कार्यालय बरूणेश्वरबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण