बेचनतर्फका कानुन व्यवसायीको बहस पूरा, जाहेरवालाको तर्फबाट आइतबार बहस
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा तर्फका कानुन व्यवसायीले आफ्नो बहस पूरा गरेका छन् । शुक्रबार वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद सापकोटा, महादेव यादव, अधिवक्ता पुरुषोत्तम अर्याल र मणिराम उपाध्यायले झाको तर्फबाट बहस गरेका हुन् ।
शुक्रबार अधिवक्ता यज्ञमणी न्यौपानेले जाहेरवालाको तर्फबाट बहस गर्न खोजेपछि बेचन तर्फका कानुन व्यवसायीले असहमति जनाए । न्यौपानेले बहस गर्न पाउनुपर्ने जिकिर गरेपछि न्यायाधीश तीर्थराज केसीले उनको वकालतनामा हेर्न आदेश गरेका थिए । यसअघि उनले प्रतिवादी रामशरण केसीको तर्फबाट बहस गरेको भेटिएको छ ।
जाहेरवालको तर्फबाट सरकारी वकिल कार्यालयका सन्तोषराज कटुवालले बहस गरेका छन् । जाहेरवालाको तर्फबाट थप कानुन व्यवसायीले बहस गर्न खोजेपछि न्यायाधीश केसीले इजलासमा भने, ‘मुद्दा हेर्दाहेर्दैमा राखेर अर्को दिन बहस सुन्छु ।’
बहस अवधिभर बेचन इजलासमा चुपचाप बसिरहे । सेतै दाह्री भएका झाले अदालतमा र प्रहरीमा इन्कारी बयान गरेका छन् । प्रतिवादी मध्येका रामशरण केसीले उनलाई दुई करोड रकमको चेक दिएको बयान दिएका थिए । बेचनले सो तथ्य अस्वीकार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण