बेचनतर्फका कानुन व्यवसायीको बहस पूरा, जाहेरवालाको तर्फबाट आइतबार बहस

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा तर्फका कानुन व्यवसायीले आफ्नो बहस पूरा गरेका छन् । शुक्रबार वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद सापकोटा, महादेव यादव, अधिवक्ता पुरुषोत्तम अर्याल र मणिराम उपाध्यायले झाको तर्फबाट बहस गरेका हुन् ।
शुक्रबार अधिवक्ता यज्ञमणी न्यौपानेले जाहेरवालाको तर्फबाट बहस गर्न खोजेपछि बेचन तर्फका कानुन व्यवसायीले असहमति जनाए । न्यौपानेले बहस गर्न पाउनुपर्ने जिकिर गरेपछि न्यायाधीश तीर्थराज केसीले उनको वकालतनामा हेर्न आदेश गरेका थिए । यसअघि उनले प्रतिवादी रामशरण केसीको तर्फबाट बहस गरेको भेटिएको छ ।
जाहेरवालको तर्फबाट सरकारी वकिल कार्यालयका सन्तोषराज कटुवालले बहस गरेका छन् । जाहेरवालाको तर्फबाट थप कानुन व्यवसायीले बहस गर्न खोजेपछि न्यायाधीश केसीले इजलासमा भने, ‘मुद्दा हेर्दाहेर्दैमा राखेर अर्को दिन बहस सुन्छु ।’
बहस अवधिभर बेचन इजलासमा चुपचाप बसिरहे । सेतै दाह्री भएका झाले अदालतमा र प्रहरीमा इन्कारी बयान गरेका छन् । प्रतिवादी मध्येका रामशरण केसीले उनलाई दुई करोड रकमको चेक दिएको बयान दिएका थिए । बेचनले सो तथ्य अस्वीकार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहमदावाद विमान दुर्घटना : दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो
-
झाडापखाला, ज्वरो र सर्पदंशले भरिए अस्पतालका आकस्मिक कक्ष
-
कोशी प्रदेशः बजेट वक्तव्यमा दुई थरी दाबी, कुन पत्याउने ?
-
बागमती प्रदेशका कुन मन्त्रालयले कति बजेट पाए ?
-
सुदूरपश्चिम प्रदेश सरकारको ३३ अर्ब ४७ करोडको बजेटमा के–के विषय समेटिए ?
-
त्रिवि तोडफोडमा संलग्नलाई काठमाडाैँका सीडीओले सामान्य धरौटीमा छाडे