मुख्यमन्त्री सिंहद्वारा ऐतिहासिक तेलहा पोखरी निरीक्षण
महेन्द्रनगर । जनकपुरधामस्थित ऐतिहासिक तेलहा पोखरीमा पानी फोहोरा, ‘डिजिटल लाइटिङ’ तथा पोखरी डिलमा व्यवस्थित विश्रामस्थल बनाइने भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज धार्मिक महत्व रहेको तेलहा पोखरीलगायत स्थानको अवलोकनपछि सो जानकारी दिनुहुँदै जनकपुरधाममा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आध्यात्मिक आनन्द तथा मनोरम अनुभूतिका लागि पोखरीमा पानी फोहोरसँगै डिजिटल लाइटिङ राख्न आवश्यक सहयोग गर्ने बताए ।
उनले भने, “धार्मिक नगरी जनकपुरधामका पुरातात्विक स्थान संरक्षण तथा संवर्द्धन गर्न प्रदेश सरकारले उच्च प्राथमिता दिएको छ ।” केही समय अगाडि पोखरीको चारै डिलमा पक्की घाटलगायतको संरचना निर्माण गरिएको थियो । मुख्यमन्त्री सिंहले तेलहा धार्मिक आख्यानमा आधारित पोखरीको थप संरक्षणका लागि स्थानीय तहसँग समन्वय गरिने पनि बताए ।
मुख्यमन्त्री सिंहले त्यसअघि आजै बिहान अङ्गराजसर (अरगजा पोखरी) को अवलोकन गरी पोखरीको दक्षिणी डिलमा वृक्षरोपण गर्न सम्बन्धीत निकायलाई निर्देशन समेत दिएका थिए । जानकी मन्दिरका महन्थ रामरोशन दासले ५० वर्षभन्दा बढी समयदेखि पोखरी वरपर पसल सञ्चालन भइरहेकाले वैकल्पिक व्यवस्था नहुँदासम्म खाली गराउन कठिन हुने बताएका छन् । मुख्यमन्त्री सिंहले जानकी मन्दिर परिसरको समेत अवलोकन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण