दलित अभियन्ताले सडकमै सुतेर गरे प्रदर्शन

काठमाडौँ । दलितका लागि दलित अभियानले काठमाडौँको माइतीघर मण्डलामा गरिरहेको प्रदर्शन शनिबार पनि जारी छ । सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई घृणा गरेको भन्दै प्रदर्शनकारीले सडकमा सुतेर प्रदर्शन गरेका छन् ।
दलितका लागि दलित अभियान नेपालको समन्वयमा अभियानका संयोजक खगेन्द्र सुनार सहितका युवाहरूले विगत दुई हप्तादेखि माइतीघरमा विरोध प्रदर्शन गरिरहेका छन् । अभियानका संयोजक सुनारले भने, ‘संविधानलाई संशोधन गर्ने कुरा राम्रो हो । तर जनताको अधिकार कटौती गरेर संशोधन गर्ने कुरा सह्य हुँदैन । दलितहरूका अधिकार कटौती गर्ने कांग्रेस र एमालेसँग दम छ ?’
उनले दलितहरूको अधिकार एमाले र काँग्रेसले काटेको आरोप लगाए । उनले नयाँ आएका दलहरूले पनि दलितको लागि कुनै गतिलो मुद्दा नउठाएको बताए ।
संविधानको व्यवस्था र सामाजिक न्यायको सिद्धान्तबमोजिम दलितको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनीहरूको माग रहेको छ । अभियानका संयोजक सुनारले एमाले र काँग्रेसले दलितहरूलाई जातीय विभेद गरेको आरोप समेत लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्योलमा धुलिखेल–खावा सडक: ठेक्का रद्दपछि पनि पुनर्निर्माण प्रक्रिया अघि बढ्न सकेन
-
हचुवाको भरमा रुग्ण उद्योगको सञ्चालन नगरौँ
-
सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित
-
मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित
-
इरानले फेरि इजरायलमा हान्यो क्षेप्यास्त्र, तेहरानमा पनि विस्फोट
-
धवलपछि रवीन्द्र मिश्र पनि अदालतमा उपस्थित