हेटौँडामा मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु
शनिबार, ०१ भदौ २०८१, १९ : ३०
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहनगरपालिका–९ धापमा आज मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मयुरधापबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००५प २४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय रामचन्द्र अर्यालका पाँच वर्षीय छोरा सिभांस अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका ती बालकको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण