३ जना मृतावस्थामा फेला
आइतबार, ०२ भदौ २०८१, ११ : ४७
काठमाडौं । विभिन्न स्थानबाट तीन जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार कैलालीको घोडाघोडी नगरपालिका-४ सिमथरीस्थित सडक छेउमा सोही नगरपालिका-५ बनखेत बस्ने ७१ वर्षीय लाल बहादुर बिष्ट शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-३ छिम्ति दोभानस्थित छिम्ती खोलाको किनारमा हाल पनि नाम, थर, वतन नखुलेका पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी भक्तपुरको मध्यपुरथिमि नगरपालिका-२ दिव्यश्वरी प्लानिङ्स्थित सडक छेउमा समेत अन्दाजी ५० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कायार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सम्माननीय’ र ‘माननीय’ सम्बोधनसम्बन्धी रिटमा कारण देखाउ आदेश
-
विवादित टापुमा जापान–चीन तनाव
-
एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने तयारीमा चीन
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण