एन्फाभित्रको आर्थिक अनियमितता छानबिनको मागसहित राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र आर्थिक अनियमितता मौलाएको आरोपसहित राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ । गोरखा जिल्ला फुटबल संघका सदस्य अमित खत्रीले एन्फाभित्र ब्यापक आर्थिक अनियमितता रहेको आरोपसहित निश्पक्ष छानबिन र दोषी उपर कारवाहीको माग गर्दै आइतबार केन्द्रमा उजुरी दर्ता गराएका हुन् ।
उजुरीमा पछिल्लो समय एन्फा बेतिथी र आर्थिक अनियमितता मौलाएको, एन्फा विभिन्न काण्डमा मुछिएको, एन्फाका पदाधिकारीद्वारा नीति–नियमलाई बेवास्ता गरिएको, लामो समयदेखि घरेलु फुटबल अवरुद्ध बनेको, खेलाडीको हक–हितमा कुनै काम हुन नसकेको, खेलाडीले पाउने सुविधा लामो समयदेखि उपब्ध गराउन नसकेको, एन्फाका पदाधिकारी भ्रष्टाचारमा लिप्त रहेको जस्ता गम्भीर आरोपहरु लगाइएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रमा परेको उजुरीमा विज्ञ टोली गठन गरी निश्पक्ष छानबिनको माग पनि गरिएको छ । उजुरीमा एन्फाका महासचिव किरण राईले खेल सामाग्री खरिद गर्दा शेर्पा आउट डुअर स्पोर्टस गुड्स इन्डष्ट्रिज प्रालि (केटीएम सिटी) सँग ब्यक्तिगत फाइदाका लागि गैरकानुनी रुपमा बार्गेनिङ गरेको आरोप लगाइएको छ । केटीएम सिटीबाट पटक–पटक गैरकानुनी रुपमा रकम बुझेको आरोप पनि महासचिव राईमाथि लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण