समाजवादी मोर्चाको सचिवालय बैठक स्थगित
काठमाडौँ । आइतबार बस्ने भनिएको समाजवादी मोर्चाको सचिवालय बैठक स्थगित भएको छ । साउन १ गते बसेको मोर्चाको बैठकले पछिल्लो राजनीति घटनाक्रमको समीक्षा गरी १५ दिनमा राजनीतिक दस्तावेज पेस गर्ने निर्देशन दिएको थियो ।
दस्तावेजमा अन्तिमरूप दिन दिउँसो ३ बजे माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालयको बैठक बस्ने भनिएको थियो । तर सचिवालयका संयोजक खड्कबहादुर विश्वकर्मा बिरामी भएकाले बैठक स्थगित भएको सचिवालय सदस्य तथा माओवादीका महासचिव देव गुरुङले जानकारी दिए । गुरुङका अनुसार बैठक सोमबार दिउँसो ३ बजे बस्नेछ ।
‘प्रकाण्डजी बिरामी भएकाले आज बैठक बस्न सकेन । सोमबार दिउँसो ३ बजे बस्ने भनिएको छ । दस्तावेजले पूर्णता पाएपछि शीर्ष नेताको बैठकमा पेस गरिनेछ । सोही दस्तावेज बमोजिम मोर्चाले भागी कार्यक्रम ल्याउनेछ’, उनले रातोपाटीसँग भने ।
सत्ताबाट हटेपछि माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोर्चालाई सक्रिय बनाएका छन् । साथै मोर्चा सम्बद्ध दलहरूसँग पार्टी एकताको पहल पनि थालेका छन् ।
भर्खर सकिएको स्थायी समिति बैठकले नेकपा र नेसपा महिन्द्र राय यादव समूहसँग तत्काल एकता प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । विचार मिल्ने वामपन्थी दलहरूसँग धुर्वीकरण गरी सदन र सडकलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण