पहिरोमा पुरिएर ७ जनाको मृत्यु
काठमाडौं । बझाङ र जाजरकोटमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बझाङको बुंगल नगरपालिका-१० टुमेडा बस्ने ६२ वर्षीय बिर बहादुर धामीको घर गएराति अविरल वर्षाका कारण पहिरोले पुरिँदा ४ जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर सोही ठाउँ बस्ने ५५ वर्षीया काली धामी, २५ वर्षीया गोल्की धामी, ६ वर्षीया आकृती धामी र ३ वर्षीया लक्ष्मी धामीको मृत्यु भएको हो ।
पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पुतलीलेक र इलाका प्रहरी कार्यालय बुंगलबाट खटिएको प्रहरीले बेपत्ता भएकाहरूको खोजी तथा उद्दारको गर्ने क्रममा चारै जनाको शव फेला परेको हो । साथै घरभित्र सुतिरहेका बिर बहादुर समेत ६ जना सामान्य घाइते भएका छन् ।
यसैगरी जाजरकोटको नलगाड नगरपालिका-२ डाँडागाउँ बस्ने लाल बहादुर परियारको अस्थाई टहरो सोमबार बिहान पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ ।
पहिरोले पुरिएर लाल बहादुर, उनकी श्रीमती ३५ वर्षीया मनिषा बिक र छोरा शुभम परियारको मृत्यु भएको हो । उक्त टहरो पहिरोले पुरिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरीले उद्दार गर्ने क्रममा उनीहरूको शव फेला परेको हो । प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण