कूटनीति
मोदीलाई भेटेपछि आरजुले भनिन्– नेपाल र भारतबिचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा लिएको छु
सोमबार, ०३ भदौ २०८१, २१ : २४

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा लिएको बताएकी छन् । सोमबार साँझ नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको शिष्टाचार भेटवार्तापछि परराष्ट्रमन्त्री राणाले सो कुरा बताएकी हुन् ।
प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका सम्बन्धमा सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेकी छन् : ‘नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु ।’
भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको समेत मन्त्री राणाले बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते
-
१० बजे १० समाचार : फेरि विद्यालय कर्मचारी रुष्टदेखि ओलीले झुक्याउने प्रचण्डको आशंकासम्म