कूटनीति
मोदीलाई भेटेपछि आरजुले भनिन्– नेपाल र भारतबिचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा लिएको छु
सोमबार, ०३ भदौ २०८१, २१ : २४
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा लिएको बताएकी छन् । सोमबार साँझ नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको शिष्टाचार भेटवार्तापछि परराष्ट्रमन्त्री राणाले सो कुरा बताएकी हुन् ।
प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका सम्बन्धमा सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेकी छन् : ‘नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु ।’
भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको समेत मन्त्री राणाले बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण