भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री राणाको भेटवार्ता
काठमाडौँ । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा (देउवा)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छिन् । उनले सोमबार साँझ हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेकी हुन् ।
परराष्ट्रमन्त्री राणाले भारतका प्रधानमन्त्री मोदीसँग सोमबार साँझ नयाँ दिल्लीमा शिष्टाचार भेट भएको जानकारी दिएकी छिन् । भेटवार्तामा नेपाल–भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको उनले बताइन् ।
नेपालको परराष्ट्रमन्त्रीका रूपमा आफ्नो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबिचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा गरेको उनले उल्लेख गरेकी छिन् ।
त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले नेपालका परराष्ट्रमन्त्री राणालाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् । परराष्ट्रमन्त्री राणासँगको भेटलगत्तै प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत मन्त्री मन्त्री राणालाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका हुन् ।
प्रधामन्त्री मोदीले भारत र नेपालबीच घनिष्ठ सभ्यताको सम्बन्ध प्रगतिशील र बहुआयामिक साझेदारी रहेको बताउँदै दुई देशबीचको विकास साझेदारीमा भारत निरन्तर गतिको लागि तत्पर रहेको बताएका छन् ।
भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली पुगेकी राणाको मन्त्री भएपछिको यो पहिलो विदेश भ्रमण हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण