भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री राणाको भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा (देउवा)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छिन् । उनले सोमबार साँझ हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेकी हुन् ।
परराष्ट्रमन्त्री राणाले भारतका प्रधानमन्त्री मोदीसँग सोमबार साँझ नयाँ दिल्लीमा शिष्टाचार भेट भएको जानकारी दिएकी छिन् । भेटवार्तामा नेपाल–भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको उनले बताइन् ।
नेपालको परराष्ट्रमन्त्रीका रूपमा आफ्नो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबिचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा गरेको उनले उल्लेख गरेकी छिन् ।
त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले नेपालका परराष्ट्रमन्त्री राणालाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् । परराष्ट्रमन्त्री राणासँगको भेटलगत्तै प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत मन्त्री मन्त्री राणालाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका हुन् ।
प्रधामन्त्री मोदीले भारत र नेपालबीच घनिष्ठ सभ्यताको सम्बन्ध प्रगतिशील र बहुआयामिक साझेदारी रहेको बताउँदै दुई देशबीचको विकास साझेदारीमा भारत निरन्तर गतिको लागि तत्पर रहेको बताएका छन् ।
भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली पुगेकी राणाको मन्त्री भएपछिको यो पहिलो विदेश भ्रमण हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रममा श्रम, रोजगार : श्रम गर्ने संस्कृतिको विकास गर्नेदेखि कार्य घण्टामा आधारित ज्याला दिनेसम्म
-
प्रतिनिधिसभाले राष्ट्रपतिको सम्बोधनका लागि पारित गर्यो धन्यवाद प्रस्ताव
-
प्रधानमन्त्रीले प्रतिनिधिसभामा पेस गरे राष्ट्रपतिको सम्बोधन
-
राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्न प्रतिनिधिसभाको दोस्रो बैठक बस्दै
-
१० हजार सहकारी पीडितका रकम फिर्ता गरिसकेका छौँ : मन्त्री अधिकारी
-
एक वर्षभित्रै मुलुकलाई ग्रे लिष्टबाट बाहिर ल्याउने घोषणा