पहिराेले कालीगण्डकी करिडोर अवरुद्ध
मङ्गलबार, ०४ भदौ २०८१, ०९ : २०

नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरमा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । जिल्लाको बौदिकाली गाउँपालिका–३ स्थित जन्तीपहिरोमा पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।
जन्तीपहिरोमा गए रातिदेखि परेको अविरल वर्षका कारण लेदोसहितको पहिरो खसेको हो । पहिरो खसेपछि उक्त स्थानमा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ ।
वर्षा भइरहेकाले तत्काल पहिरो हटाउन नसकिने प्रहरी नायब उपरीक्षक पौडेलले बताए। कालीगण्डकी करिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र साथै पाल्पा, स्याङ्जाका लागि छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत र पाकिस्तानबिच एक तटस्थ स्थानमा वार्ता सुरु गर्ने सहमति
-
उपनिवेश विरुद्ध सँगै लडेका गरेका भारत र पाकिस्तान जुध्नु हुँदैन
-
भारत र पाकिस्तानबिच प्रत्यक्ष वार्तापछि सहमति
-
भारतले भन्यो– अब कुनै स्थल र हवाई आक्रमण हुँदैन
-
युद्धविराममा सहमति जनाउँदै भारत र पाकिस्तानले ‘दूरदर्शिता’ देखाए : अमेरिका
-
पाकिस्तानका विदेशमन्त्रीले भने, ‘तत्काल लागू हुने गरी युद्धविराममा सहमति भयो’