फिल्म ‘लाखे आजु’ दसैँमा रिलिज हुने, यस्तो छ ट्रेलर
काठमाडौँ । फिल्म ‘लाखे आजु’ दसैँको छेकोमा हलमा रिलिज हुने भएको छ । निर्माता गोपाल कायस्थले फिल्म दसैँको छेकोमा रिलिज गर्ने तयारी गरेको जानकारी दिए । फिल्मको रिलिज मिति भने केही दिनमा टुङ्गो लाग्ने उनको भनाई छ ।
सोहित मानन्धर र अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर मङ्गलवार सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका विभिन्न विषय समेटिएका छन् । ट्रेलर हेर्दा फिल्मले भगवान् र राक्षसको लडाइँको कथामा रहेको अनुमान लगाउन सकिन्छ ।
आर्यम नकर्मी निर्देशित फिल्मको निर्माण तीन वर्षदेखि भइरहेको थियो । फिल्मलाई नेपाली र नेवारी भाषामा एकसाथ प्रदर्शन गरिनेछ । विदेशमा भने अङ्ग्रेजी भाषामा जानेछ । फिल्मलाई नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनको तयारी छ ।
बिके फिल्म्सले फिल्मलाई नेपाल र विदेशमा वितरण गर्नेछ । फिल्ममा सोहित र अशिष्मासहित मदनकृष्ण श्रेष्ठ, मदनदास श्रेष्ठ, सविन शाक्य, नागिना जोशी लगायतको पनि अभिनय छ ।
फिल्मका निर्मातामा प्रदीपकुमार उदय, नरेन्द्र महर्जन, अशिष्मा नकर्मी प्रधान र दीपक श्रेष्ठले संयुक्तरुपमा लगानी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण