हुम्लामा जिप दुर्घटना हुँदा ७ जना घाइते, ५ जनाको अवस्था गम्भीर
हुम्ला । हुम्लामा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । हुम्ला प्रहरीका अनुसार बुधबार बिहान ८ बजेतिर चङ्खेली गाउँपालिका–२, गौरीसल्ला भन्ने ठाउँबाट देउली बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश २००च०९२२ नम्बरको जिप गौरीसल्लामा दुर्घटना भएको हो ।
दुर्घटनामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षी तिलबहादुर शाही, १५ वर्षीय रविन शाही, मुगु छायानाथ रारा नगरपालिकाका ४० वर्षीय पृथी रावत, ३५ वर्षीय जिपका साहु रमेश मल्ल, बाजुरको बुढिगंगाका २५ वर्षीय चालक महेन्द्रविक्रम शाह र चङ्खेली–२, की ३५ वर्षीय मायादेवी शाही रहेको प्रहरी नायव निरीक्षक रमेश बहादुर शाहीले जानकारी दिए ।
उनकाअनुसार पाँच जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि दार्मा स्वास्थ्य चौकी हुम्लामा पठाइएको छ । जिप मोडमा ब्याक गर्ने क्रममा सडकदेखि १५० मिटर तल खसेको थियो भने एक जना स्थानीयको घरमा समेत क्षति पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण