दाङमा कुवा सफा गर्ने क्रममा २ जनाको मृत्यु
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा कुवा सफा गर्ने क्रममा निसासिएर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ३८ वर्षका यम बहादुर विक र १६ वर्षका मुकेश विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक दाम प्रसाद श्रेष्ठले जानकारी दिए ।
सरसफाइ गर्न कुवा भित्र पसेका दुबैजना बेहोस भएपछि अम्बापुर बेस क्याम्पबाट अक्सिजन सहित गएको नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाएको थियो । बेहोस अवस्थामा अस्पतालमा लगिएका दुबैजनालाई चिकित्सकले ११ बजे मृत घोषणा गरेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । घटना आज बिहान ८ बजेको भएपनि प्रहरीलाई खबर ९ बजे गरिएको थियो ।
‘सुरुमा यामबहादुर कुवामा पस्नुभयो । उहाँ कुवामा पसेर नबोलेपछि फेरी मुकेश जानुभयो उहाँ पनि त्यही बेहोस हुनुभयो ।’ श्रेष्ठले भने । दुबैजना बिना डोरी १५ हात गहिरो कुवामा पसेका कारण असजिलो हुने वित्तकै निस्कन नसकेको प्रहरीले बताएको छ । दुवै जनाको शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सम्माननीय’ र ‘माननीय’ सम्बोधनसम्बन्धी रिटमा कारण देखाउ आदेश
-
विवादित टापुमा जापान–चीन तनाव
-
एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने तयारीमा चीन
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण