भ्रष्टाचारको हद म्यादविरुद्ध शान्ति समाजको प्रदर्शन
काठमाडौँ । मानवअधिकार तथा शाीन्त समाज काठमाडौँ शाखाले भ्रष्टाचार मुद्धामा अनुसन्धानका लागि पाँच वर्षे हद म्यादको प्रावधान राख्न खोज्ने प्रमुख दलहरुको नियतमाथि आशंका गर्दै प्रदर्शन गरेको छ ।
समाजले ‘सुशासनको प्रत्याभूति गर, नागरिक निराशालाई आशामा अनुवाद गर’, भन्ने नारासहित काठमाडौँको जोरपाटी चोकमा शान्तिपूर्ण प्रदर्शन गरेको हो ।
सहभागीहरुले ‘भ्रष्टाचारीलाई दण्डित गर्ने कानून बनाऊ, ठूला भ्रष्टाचारमा ठूलै नेता, कानून बनाएरै चोख्याउने चेष्टा नगर, ठूला नेता मिलेका अरबअरब निलेका, भ्रष्टाचार विरुद्ध एक हौँ, नीतिगत भ्रष्टाचारको श्रृंखला अन्त्य गर, हद म्यादको कसरत संसदलाई बद्नाम बनाउने अभ्यास बन्द गर’ जस्ता भ्रष्टाचार विरोधी नारा र प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा शान्ति समाजका काठमाडौँ जिल्ला सभापति भगवान पुडासैनी, केन्द्रिय सभापति रामकृष्ण बराल, सल्लाकार उत्तम पुडासैनीलगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण