हुन्डाईको फेष्टिभ डिलाइट सार्वजनिक
काठमाडौँ । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल दसैँ – तिहार लक्षित फेष्टिभ डिलाइट २०८१ योजना सार्वजनिक गरेको छ ।
आफ्ना ग्राहकको दसैँ तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन भन्दै हुन्डाईले विगतका वर्षहरूमा गाडीका साथै अन्य आकर्षक उपहारहरू दिँदै आएको छ । यस वर्ष पनि यही परम्परा कायम राखी १ जना भाग्यमानीले ‘मेड इन नेपाल’ हुन्डाई भेन्यु लक्की ड्र मार्फत प्राप्त गर्न सक्नेछन् ।
हुन्डार्ड फेष्टिभ डिलाइट २०८१ अन्तर्गत कुनैपनि हुन्डाई गाडीको खरीदमा रु. १० लाख सम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप रु.१ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार भदौ ११ गतेदेखि सुरु हुने नाडा अटो शो २०२४ मा बुकिङ गर्ने ग्राहकहरूले पनि यस योजना बाट लाभान्वित हुन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण