भदौ १५ को चापमा सहकारी छानबिन समिति, रातिसम्म बैठक
काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बिहीबार सहकारी ठगी प्रकरणमा मुछिएका पाँच जनासँग सोधपुछ गरेको छ ।
समितिले बिहीबार मितेरी वचत तथा ऋण सहकारी संस्था, ललितपुरका अध्यक्ष ८१ बर्षीय कुम्मराज गुरूङ, आर्जन वचत तथा ऋण सहकारी संस्था सामाखुशीका अध्यक्ष दलबहादुर आले, सोसाइटल वचत तथा ऋण सहकारी संस्था मोरङका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डे, लालीगुराँस वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनबहादुर तामाङ र हर्बो इन्टरनेशनल प्रबन्ध निर्देशक एवं हाम्रो ग्रुप अफ कम्पनीका संस्थापक अध्यक्ष पुष्पराज पौडेललाई बोलाएर सोधपुछ गरेको हो ।
बिहान ११ बजेबाट सुरु भएको बैठक राति १० बजेसम्म बसेको थियो । बैठकमा आलेलाई केन्द्रीय कारागार र पाण्डेलाई मोरङबाट बोलाएर सोधपुछ गरिएको समितिका सभापति सुर्य थापाले जानकारी दिएका छन् । यसअघि समितिले दजनौँ व्यक्तिसँग बयान लिइसकेको छ । समितिको म्याद भदौ १५ गतेसम्म रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण