बैंकक नजिक विमान दुर्घटनाग्रस्त, सवार ९ जनाकै मृत्यु
बैंकक । थाइल्यान्डको राजधानी बैंकक नजिक बिहीबार एउटा विमान दुर्घटनामा परेको छ । विमानभित्र दुई जना थाई पाइलटको साथमा पाँच चिनियाँ र दुई जना थाई नागरिक सवार थिए । विमानमा सवार सबैजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
विमान बैंकको मुख्य विमानस्थलबाट स्थानीय समयअनुसार दिउँसो २ः४६ बजे उडेको थियो । विमान थाइल्यान्डको पूर्वमा रहेको ट्राट विमानस्थल जाँदै थियो । उडेको १० मिनेटमै विमानको सम्पर्क टुटेको थियो ।
विमान चाचोएंगसाओको बाङ्ग पाकोङ जिल्लामा रहेको माङग्रोभ जङ्गलमा दुर्घटना भएको थियो । विमान खस्दा नजिकैको घरहरूमा समेत क्षति पुगेको बताइएको छ । दुर्घटना भएको स्थान नजिकैको नदीमा बाढी आएकोले खोजी कार्यमा अवरोध आएको थियो । अहिलेसम्म दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन ।
यस दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको छ । विमानका करिब ७० टुक्रा भेटिएको छ । विमानमा ब्ल्याक बक्स थिएन । विमानले हवाई ट्राफिक नियन्त्रणसँग सिधै सम्पर्क गर्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण