होटेल र पार्टी प्यालेसमा भड्किलो तीज मनाउनेलाई कास्की प्रशासनले कारबाही गर्ने
पोखरा । होटेल र पार्टी प्यालेसहरूमा भड्किलो रूपमा तीज मनाउन थालेपछि कास्की प्रशासनले सूक्ष्म निगरानी सुरु गरेको छ । प्रशासनले बिहीबार विज्ञप्ति निकालेर भड्किलो रूपमा होटेल र पार्टी प्यालेसमा अबेरसम्म तडकभडक गरे कारबाही गरिने जानकारी गराएको छ ।
प्रशासनले बर्सेनि यस्तै सूचना निकाल्ने प्रशासनले कारबाही गरेको भने जानकारी गराएको छैन । सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले तीजको मौलिकतामाथि आँच आउने र खर्चिलो तथा तडकभडकका साथ तीज मनाए कारबाही गर्ने चेतावनी दिएका छन् ।
‘आफ्नो परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा सम्बद्र्धन गर्ने बाहेक अन्य कुनै पनि खर्चिला तथा सामाजिक सद्भावमा असर पु-याउने खालको भड्किला कार्यक्रम तथा क्रियाकलाप नगर्न, नगराउनु हुन सम्पूर्ण जिल्लावासीमा अनुरोध गरिएको छ’ प्रशासनको विज्ञप्तीमा भनिएको छ, ‘सूचनाको बर्खिलाप हुने गरी भए गरेका कार्यक्रमहरूको प्रशासनले निगरानी राखी कारबाही गर्नेछ ।’
भड्किलो व्यवहार गर्नेलाई सामाजिक व्यवहार (सुधार) ऐन, तथा नियमावली २०३३ अनुसार कारबाही गर्ने प्रशासनले जनाएको छ । हरेक वर्ष केही अभियान्ताहरुले तीजमा भएको तडकभडक रोक्न अभियान समेत चलाउँदै आएका छन् ।
हरितालिका तीजको दिन निराहार ब्रत बस्ने र त्यसको एक दिन अगाडि दर खाने मौलिक परम्परा विपरीत तीज आउनु भन्दा निकै समय अगाडि देखि विभिन्न सङ्घसंस्थाको नाममा विभिन्न होटेल तथा पार्टी प्यालेसमा राति अबेरसम्म तडकभडक सहितका खर्चिला कार्यक्रम गर्ने, गरगहना प्रदर्शन गर्ने, ध्वनि प्रदूषण हुनेगरी सांस्कृतिक कार्यक्रम गर्दा तीजको मौलिकतामाथि आँच आउने एवं विभिन्न विकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुग्ने प्रशासनबाट जारी सूचनामा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण