बुटवल-पाल्पा सडक अवरुद्ध
शनिबार, ०८ भदौ २०८१, १६ : ५९
बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्ग अन्तर्गत हेड बक्स र सिद्धबाबा मन्दिरको बिचमा रहेको कुहिरे भिरमा सुख्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको हो ।
पहिरो झरेपछि राजमार्ग हुँदै बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ जाने र उताबाट बुटवल आउने सवारी साधन बाटोमा नै रोकिएको दोभान प्रहरी चौकीले जानकारी दिएको छ । पहिरो पन्छाएर सडक सुचारु गर्न केही घण्टा लाग्ने प्रहरी जनाएको छ ।यो ठाउँमा बेला बेला पहिरोले सास्ती दिने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण