बुटवल-पाल्पा सडक अवरुद्ध
शनिबार, ०८ भदौ २०८१, १६ : ५९

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्ग अन्तर्गत हेड बक्स र सिद्धबाबा मन्दिरको बिचमा रहेको कुहिरे भिरमा सुख्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको हो ।
पहिरो झरेपछि राजमार्ग हुँदै बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ जाने र उताबाट बुटवल आउने सवारी साधन बाटोमा नै रोकिएको दोभान प्रहरी चौकीले जानकारी दिएको छ । पहिरो पन्छाएर सडक सुचारु गर्न केही घण्टा लाग्ने प्रहरी जनाएको छ ।यो ठाउँमा बेला बेला पहिरोले सास्ती दिने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिचिङ अस्पतालले माग्यो एक सय जना नर्स
-
माधवलाई भ्रष्टाचार मुद्दा लागेसँगै एमाले र एकीकृत समाजवादीका नेताबिच आरोप–प्रत्यारोप
-
श्रममन्त्री भण्डारी जेनेभा प्रस्थान
-
अखिल (क्रान्तिकारी) ले गर्यो कार्य विभाजन, उपत्यका विशेषको इन्चार्जमा श्रेष्ठ
-
कांग्रेसले फेरि गर्यो मधेस प्रदेश सरकार नेतृत्वमा दाबी, जनमत पार्टीले छाड्ला सरकार ?
-
मौलापुर नगरपालिकाकी प्रमुख साह सम्मानित